काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३८ करोड ७४ लाख ९४ हजार रुपैयाँको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्षकोभन्दा यस वर्ष कम्पनीले दोब्बर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष भने कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

