काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वेष्टर्न एसियन होटल, बुटवल, रुपन्देहीमा विहान ९ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष ०८२।८३ को लागि कुल ९ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको आधारमा कर समेत उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत वर्षकोभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष भने कम्पनीले कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले पारित गर्नेछ । अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सभाले सञ्चालक समितिलाई प्रदान गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

