काठमाडौं । सर्वोत्तम पेन्ट्स लिमिटेडको ४२ हजार ५०० कित्ता शेयरको लकइन आगामी पुस १० गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयर ६ महिना लकइन अवधि समाप्तपछि कारोबारमा आउने भएको हो । यी शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँट भएको मिति २०८३ साल असार ११ गतेदेखि लकइनमा रहेको थियो ।
लकइन अवधि सकिएपछि यी शेयर कारोबार गर्न मिल्नेछ । दोस्रो बजारमा कम्पनीको संस्थापक समेत कुल ३७ लाख ४० हजार कित्ता शेयर सूचीकृत रहेको छ । संस्थापक तर्फको शेयर भने सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइनमा रहने

