काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी उपरीक्षक (एसपी)हरूलाई समसामयिक सुरक्षा चुनौती, व्यावसायिक आचरण र नेतृत्वदायी भूमिकाबारे निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाबाहिर कार्यरत एसपीहरू पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक के.सी.ले इमानदारी, निष्पक्षता र अनुशासन कायम राख्दै परिणाममुखी कार्यसम्पादन गर्दै निर्देशन दिएका छन्। उनले जवाफदेहिता, नागरिकमैत्री सेवा प्रवाह तथा संगठनका नीतिगत प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न आग्रह गर्दै नेपाल प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न जोड दिएका छन्।

