२०८२ चैत २६ | ३:०० AM
प्रभु इन्स्योरेन्सको प्रस्तावित ९.१७ प्रतिशत लाभांश वैशाख ९ गते पारित…

प्रभु इन्स्योरेन्सको प्रस्तावित ९.१७ प्रतिशत लाभांश वैशाख ९ गते पारित हुने 

कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

लगानीबक्स April 1, 2026 12:31 pm

काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रस्तावित कुल ९ दशमलव १७ प्रतिशत लाभांश वैशाख ९ गते पारित गर्ने भएको छ ।कम्पनीले वैशाख ९ गते वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय तिनकुने, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वितरण गर्ने प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको आधारमा ८ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

यस कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश दिन लागेको हो । गत वर्ष कम्पनीले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत गरी कुल १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।