काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन हुने भएको छ । साविक सारथी लघुवित्तसँग मर्जरपश्चात बनेको यस कम्पनीले हाल कायम शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फ ६० दशमलव ७८ प्रतिशत र सर्वसाधारणतर्फ ३९ दशमलव २२ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी संरचना परिवर्तन हुन लागेको हो ।
यसका लागि नेपाल राष्ट्र बैंकले कम्पनीलाई स्वीकृति प्रदान गरिसकेको छ । कम्पनीले संस्थापक शेयरको स्वामित्व घटाउन लागेको हो । आफ्नो स्वामित्वको शेयर परिवर्तन गर्न नचाहने शेयरधनीहरुले कम्पनीमा जानकारी गराउनुपर्नेछ ।
आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय धुलिखेलमा लिखित निवेदन पेश गर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ७४ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको छ ।

