२०८३ जेठ ११ | १:१८ PM
कुमारी बैंक लिमिटेड को नाफा ४ अर्ब १७ अर्ब, ब्याज…

कुमारी बैंक लिमिटेड को नाफा ४ अर्ब १७ अर्ब, ब्याज र सञ्चालन आम्दानीमा ठूलो वृद्धि

लगानीबक्स २०८३ वैशाख १५ १०:३४ पूर्वाह्न

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उल्लेखनीय वित्तीय सुधार गर्दै ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २८ करोड ५८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । चालु आवमा बैंकको खुद ब्याज आम्दानी १७.८० प्रतिशतले वृद्धि भई ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको सञ्चालन नाफामा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्षको ८५ करोड ८३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा ६५७.८० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ । साथै, इम्पेयरमेन्ट चार्ज ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ, जसले बैंकको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ५३ पैसा कायम रहेको छ ।

बैंकको खराब कर्जा अनुपात ६.९८ प्रतिशतबाट सामान्य घटेर ६.९४ प्रतिशतमा झरेको छ । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब २१ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।