२०८३ जेठ ११ | १:१७ PM
बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दै यति ब्रुअरी 

बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दै यति ब्रुअरी 

लगानीबक्स २०८३ वैशाख १८ ७:३४ अपराह्न

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने भएको छ । वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित जेठ २ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले आईपीओ निष्कासन र सो पूँजीको उपयोगका सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

साथै आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने तयारी गर्दै यस कम्पनीले २०८० साल माघमै विक्री प्रबन्धकका रुपमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरिसकेको छ । यस कम्पनीले चितवनको खैरहनीमा फ्याक्ट्री सञ्चालन गरेको छ । कम्पनीले अर्ना, यति , बाईबी, शिखर, किंगफिसर जस्ता चर्चित ब्राण्डको बियर बोतल तथा क्यानको उत्पादन तथा विक्री वितरण गर्दै  आएको छ ।