काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् ।
वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खड्कालाई वैशाख २२ गतेदेखिनै लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षसम्म कायम रहने जानकारी कम्पनीले दिएको छ ।

