Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:०९ AM
सरकारले २० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

सरकारले २० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

लगानीबक्स सम्वाददाता ११ मंसिर २०८३ ११:१९ पूर्वाह्न

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको छ।

कार्यालयका अनुसार १८२ दिन अवधिको १५ अर्ब र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो। उक्त ट्रेजरी बिल क्रमशः २०८४ जेठ १८ र मंसिर १४ गते परिपक्व हुनेछन्।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। बोलकबोल शुक्रबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइनमार्फत हुनेछ भने ट्रेजरी बिल आगामी मंगलबार निष्कासन गरिने कार्यालयले जनाएको छ।

यसअघि मंसिर ८ गते ५ अर्ब रुपैयाँको ट्रेजरी बिल खरिदका लागि २४ अर्ब १७ करोड रुपैयाँको बोल परेको थियो। उक्त बोलकबोलको औसत छुटदर ०.६७२९ प्रतिशत कायम भएको थियो।