काठमाडौं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट सम्पन्न गरेको छ । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशतले हुने २० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो । यसमध्ये आयोजना प्रभावित स्थानीमा १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीय र १ लाख ४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट समेत गरिसकेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १ गतेदेखि ५ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा चैत १ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत १५ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले स्थानीयमा भने वैशाख २४ गते आईपीओ बाँडफाँट गरेको हो । पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले अब थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

