२०८३ जेठ ११ | १:१७ PM
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओलाई नियन्त्रणमा लिइएको प्रति बैंक तथा…

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओलाई नियन्त्रणमा लिइएको प्रति बैंक तथा वित्तिय संस्थाहरुको आपत्ति

लगानीबक्स २०८३ वैशाख ३१ १०:१९ अपराह्न

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिइएको सन्दर्भमा बैंक तथा वित्तिय संस्थाहरुले आपत्ति जनाएका छन् ।

नेपाल बैकर्स संघ,डेभलपमेण्ड बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तिय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै विरोध जनाएका हुन् ।

बैंक वित्तीय तथा लघुवित्त संस्थाहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति/निर्देशनको अधिनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक बृद्धि, रोजगारी सृजना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह गर्दै आइरहेको व्यहोरा विज्ञप्तिमार्फत जनाएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा (५७) ले बंकै तथा वित्तीय संस्थाहरुलाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको छ ।

यो बैंकको प्राथमिक प्रकृया भित्र रहनेर प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व भित्र पर्ने पनि जनाएकोछ । आम सवर्साधारणको निक्षेप संकलन गरी जन विश्वासमा चल्नेबैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको प्रक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने प्रष्ट पारेकोछ ।

बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै “सुन अनि थुन” को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भएमा श्री ज्योति प्रकाश पाण्डेलाई यथाशिघ्र थुनाबाट बाहिरै राखि अनुसन्धान प्रकृया अघि बढाउन हुन सम्बन्धित निकायमा अपिल गरेकोछ ।