२०८३ असार २८ | ४:५६ PM
आईपीओ निष्कासनको तयारीमा निभ कर्पोरेशन

आईपीओ निष्कासनको तयारीमा निभ कर्पोरेशन

लगानीबक्स २०८३ जेठ २९ २:५२ अपराह्न

काठमाडौं । निभ कर्पोरेशन लिमिटेडले पनि आईपीओ निष्कासनका लागि तयारी अघि बढाएको छ । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित असार १४ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय तुल्सीपुर–ठ, दाङ्गमा विहान ११ः३० बजे सुरु हुनेछ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएकाले त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत अघि सारेको कम्पनीले यसका लागि पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । विशेष साधारणसभाबाट उल्लेखित प्रस्तावहरु पारित भएपनि कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक काम अघि बढाउनेछ ।

यस कम्पनीले नेपालमा कृषि , पर्यटन तथा आतिथ्य क्षेत्रमा काम गर्दै आएको छ । विक्रम सम्बत् २०७६ सालमा स्थापना भएको यस कम्पनीले दाङ्ग, नेपालगञ्ज र सुर्खेत क्षेत्रमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ । भविश्यमा इलामदेखि कर्णाली र सुदूरपश्चित क्षेत्रसम्म २०भन्दा बढी स्थानमा सेवा विस्तार गर्ने योजना कम्पनीको छ । यस कम्पनीले सर्वसाधारणका लागि २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा रुपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्र गरिसकेको छ ।