काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार नियमित तर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका थिए । परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
बोर्डको वेबसाइट result.neb.gov.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। अथवा नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइल फोनबाट १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा सुन्न सकिन्छ ।

