काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट कुल ४ दशमलव ५११३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असार ४ गते दिनको ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको आधारमा ४ दशमलव २८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ ।
अघिल्ला दुई आर्थिक वर्ष १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको यस कम्पनीले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष ०७९।८० को लागि १० दशमलव ८० प्रतिशत र आर्थिक वर्ष ०८०।८१ को लागि भने कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

