काठमाडौं । असार ५ गते शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनी सूचीकृत भएका छन् । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड नेप्सेमा सूचीकृत भएका हुन । टिपिकेएचए स्टक संकेतबाट सूचीकृत भएको टक्सार पिखुला खोला हाइड्रोपावरको कुल १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ । कुल कित्ता शेयरमध्ये संस्थापतर्फ ७७ लाख ६९ हजार ३३२ कित्ता र सर्वसाधारणतर्फ ४२ लाख ३० हजार ६६८ कित्ता रहेको छ ।
त्यस्तै याम्बालिङ्ग हाइड्रोपावरको कुल ७० लाख कित्ता शेयर वाइएमएचएल स्टक संकेतबाट सूचीकृत भएको छ । कुल कित्ता शेयरमध्ये २८ लाख कित्ता सर्वसाधारणतर्फ र ४२ लाख कित्ता संस्थापक तर्फ रहेको छ । असार ८ गतेदेखि दुबै तर्फको कम्पनीको शेयर कारोबारयोग्य हुनेछन् । दुबै कम्पनीहरुको कुल कित्ता शेयरमध्ये तत्कालका लागि थप सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वामित्वमा रहेको शेयर मात्र कारोबारयोग्य हुनेछ ।
नेप्सेले यी दुबै कम्पनीको पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रुपैयाँसम्मको मूल्यरेञ्ज तोकेको छ । नेप्सेले तोकेको यो मूल्यका आधारमा आगामी सोमवारदेखि यी कम्पनीको शेयर कारोबारमा आउनेछ ।

