काठमाडौं । गायिका तथा मोडल मेमिसा घले र गायक दिनेश घिमिरे ‘मुस्कान’को स्वर रहेको नयाँ गीत ‘एक नजर हेरतो’ सार्वजनिक भएको छ।
दिनेश घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा आरिम सुनारको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ। गीत मेमिसा घलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा बुद्धी तामाङ, मेमिसा घले र धन घलेको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश घिमिरेले गरेका छन्। प्रेमभावमा आधारित भिडियो धन घलेको निर्माणमा तयार गरिएको हो। साथै दिनेश घिमिरेका दर्जनौं गित ‘बुट्टे चोली’, ‘मै झिल्के’ र ‘आकाश राम्रो जुनले’ लगायतका गीत यसअघि सार्वजनिक भएका छन्।

