काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा ताम्राकार पार्टी भेन्यु, पनौति, काभ्रपलाञ्चोकमा विहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २५ करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन् ।
हकप्रदको प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

