२०८३ असार २७ | ५:४६ AM
नेरूडे मिर्मिरे लघुवित्त २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

नेरूडे मिर्मिरे लघुवित्त २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

लगानीबक्स २०८३ असार ११ २:०६ अपराह्न

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ह्वाइट प्यालेस व्याङ्क्वेट, कौशलटार, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्तापूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस आधारमा कम्पनीले ३४ लाख ९४ हजार ४१० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई सभाले दिनेछ ।

सञ्चालकहरुको नियुक्त अनुमोदन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।