२०८३ असार २७ | ५:४५ AM
कालिका लघुवित्तको १६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

कालिका लघुवित्तको १६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

लगानीबक्स २०८३ असार १९ ११:५५ पूर्वाह्न

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ हजार १२६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले चार जना शेयरधनीहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यी शेयर खरीद गर्न इच्छुक शेयरधनीहरुले असार १९ गतेदेखि लागू हुने गरी आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा पेश गर्नुपर्नेछ ।