२०८३ असार २८ | १:०० AM
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको भुजुङ्ग हाइड्रोपावरको शेयर ‘लक–इन’ सकिँदै 

सामूहिक लगानीकोषको स्वामित्वमा रहेको भुजुङ्ग हाइड्रोपावरको शेयर ‘लक–इन’ सकिँदै 

लगानीबक्स २०८३ असार २८ ६:०७ अपराह्न

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको ५० हजार कित्ता शेयरको लकइन आगामी साउन २६ गतेपछि सकिने भएको छ । कम्पनीको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयरको लकइन साउन २६ गतेपछि सकिने भएको हो । यी शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मितिले ५ महिनाका लागि लकइनमा रहेका थिए । लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरुले यी शेयर कारोबार गर्न सक्नेछन् । दोस्रो बजारमा कम्पनीको कुल १ करोड कित्ता शेयर सूचीकृत रहेको छ ।

संस्थापक तर्फ ८० लाख र सर्वसाधारणतर्फ २० लाख कित्ता शेयर स्वामित्व रहेको कम्पनीको संस्थापक तर्फको र सर्वसाधारणतर्फबाट आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर हाल लकइनमा रहेको छ । यस कम्पनीले गत माघ २७ गते अन्तिम चरणमा थप सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको थियो ।