बुधबार, १० भदौ २०८३ | ४:५८ PM
गुराँस लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

गुराँस लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

लगानीबक्स ३० असार २०८३ ११:३७ पूर्वाह्न

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

कम्पनीले यस अघि गत जेठ २० गते विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गर्दा वितरण नभएपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गर्न लागेको हो । यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले साउन ४ गतेसम्म विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय टेकु, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।