काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको कुल ५४ लाख २३ हजार ३८० कित्ता शेयरको लकइन आगामी भदौ २ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापकतर्फको ५२ लाख कित्ता , आयोजना प्रभावित स्थानीयतर्फको १ लाख ८३ हजार ३८० कित्ता र कम्पनीका कर्मचारीतर्फको ४० हजार कित्ता शेयरका लकइन आगामी भदौ २ गतेपछि सकिने भएको छ ।
यी शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल भदौ ३ गते आईपीओ बाँडफाँट गरेको थियो । लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीका संचालक र उच्च व्यवस्थापनमा रहेकाको हकमा भने शेयर कारोबार गर्न मिल्नेछैन ।
