आइतबार, २५ असोज २०८३ | ९:४५ AM
बालबालिका खोजतलास केन्द्रमार्फत २,०४६ हराएका बालबालिका सकुशल फेला

बालबालिका खोजतलास केन्द्रमार्फत २,०४६ हराएका बालबालिका सकुशल फेला

लगानीबक्स ३० असार २०८३ १०:२२ अपराह्न

काठमाडौ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र ९१०४० मार्फत माननीय मन्त्री सिता बादीको पदबहालीपश्चात् २०८२ साल चैत १३ गतेदेखि २०८३ साल असार १० गतेसम्मको अवधिमा केन्द्रले निम्नानुसार उपलब्धि हासिल गरेको छः

हराएका बालबालिकाको खोजतलासतर्फ

८ २,४४० जना हराएका बालबालिकासम्बन्धी विवरण दर्ता भएकोमा २,०४६ जना बालबालिका सकुशल फेला परेका छन्, जुन कुल दर्ता भएका घटनाको करिब ८४ प्रतिशत हो।
८ हाल ३९४ जना बालबालिकाको खोजतलास नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा निरन्तर जारी रहेको छ।

बेवारिसे अवस्थामा फेला परेका बालबालिकातर्फ

८ १०३ जना बालबालिकाको उद्धार गरी संरक्षणको दायरामा ल्याइएको छ।
८ उद्धार गरिएकामध्ये ६० जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ।
८ बाँकी ४३ जना बालबालिका हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्।

सडकमा आश्रित बालबालिकातर्फ

८ ६६ जना बालबालिकाको उद्धार गरी संरक्षणको दायरामा ल्याइएको छ।
८ तीमध्ये २१ जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ।
८ बाँकी ४५ जना बालबालिका हाल संस्थागत संरक्षणमा रहेका छन्।

यस अवधिमा बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित गरी कुल १६९ जना बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८१ जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना बालबालिका हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्।

मन्त्रालयले नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको प्रभावकारी समन्वयमा जोखिममा रहेका बालबालिकाको शीघ्र खोजतलास, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाल संरक्षण प्रणालीलाई थप सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउने कार्यलाई मन्त्रालयले निरन्तरता दिएको छ।