काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आफ्नो नाममा रहेको इङ्गवा हाईड्रोपावरको ३ लाख कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्र्दै उक्त शेयर दोस्रो बजारमा विक्री गर्न लागिएको जानकारी दिएको हो ।
दोस्रो बजारमा इङ्गवा हाईड्रोपावरको शेयरमूल्य असार ३० गते प्रतिकित्रा ३४० रुपैयाँ कायम रहेको छ । यहि मूल्यलाई आधार मान्दा अरुण काबेली पावरले १० करोड २० लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा विक्री गर्न लागेको हो ।
