आइतबार, २५ असोज २०८३ | ९:४५ AM
बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा 

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा 

लगानीबक्स ३१ असार २०८३ ११:०४ पूर्वाह्न

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले उक्त हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हकप्रद शेयर सूचीकृत गराई सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । २०८२ साल माघ २९ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र लिई पेश गरेपछि मात्र हकप्रद शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ।

कम्पनीले साविकको चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको ४० लाख कित्ता हकप्रद शेयर चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म निष्कासन गरेको थियो । सो अवधिमा विक्री नभएको हकप्रद शेयर जेठ २१ देखि २९ गतेसम्म लिलामीमा विक्री गरेको थियो ।

कम्पनीले बैंकहरूबाट लिएको कर्जा आंशिक रुपमा भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पुरा गरेको छ ।