काठमाडौँ । आज जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारी बर्षा हुने सम्भावना रहेकाले छ। साथै सतर्कता अपनाउनु बिभागले अनुरोध गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव सँगसँगै मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षा हुने विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि भारी वर्षा हुनसक्नेछ। आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्नेछ ।
सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
