काठमाडौं । वेदिका केसीलाई प्रहरीले साइबर कसुरको आरोपमा पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले केसीलाई नियन्त्रणमा लिएको हो।
साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीलाई सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो। पक्राउपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरसम्बन्धी मुद्दामा १ दिनको म्याद थप गरिएको छ।
प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलहरू प्रयोग गरी राधिका दासीविरुद्ध भ्रामक तथा अप्रमाणित सामग्री सार्वजनिक गरेको आरोप लागेको छ।
प्रकरणबारे थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
