काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन नजिक खहरे खोलामा मंगलबार दिउँसो सुक्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। दिउँसो करिब ३ बजे पहिरो खसेपछि सवारी आवागमन रोकिएको हो।
सडक डिभिजन भरतपुरका अनुसार थप पहिरो नखसेमा सडक खुलाउन २–३ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। यात्रु र चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
