आइतबार, २५ असोज २०८३ | ४:११ PM
सुनसरीमा अनिश्चितकालीन कर्फ्यू, महेन्द्र राजमार्ग आसपास आवागमन र भेला–प्रदर्शनमा रोक

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू, महेन्द्र राजमार्ग आसपास आवागमन र भेला–प्रदर्शनमा रोक

लगानीबक्स १२ साउन २०८३ ५:२८ अपराह्न

काठमाडौं । सुनसरी जिल्लाको इनरुवा बजार तथा महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जारी गरेको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा आवागमन, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।
प्रशासनका अनुसार महेन्द्र राजमार्गको पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको उत्तर र दक्षिणतर्फ २०० मिटर क्षेत्रभित्र कर्फ्यू लागू गरिएको हो। दिउँसो ३:३० बजेदेखि लागू गरिएको आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ।
सुरक्षा संवेदनशीलता र सार्वजनिक शान्ति कायम राख्न कर्फ्यू जारी गरिएको भन्दै प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।