काठमाडौं । सिरहाको गोलबजारमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृतक करिब २० वर्षीय गणेश यादव रहेको प्रशासनले जनाएको छ।
घटनापछि अवस्था तनावग्रस्त बनेसँगै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनका क्रममा ११ वटा मोटरसाइकलमा आगजनी भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
