आइतबार, २५ असोज २०८३ | ५:४१ PM
तनावग्रस्त सुनसरी र सिराहाको अवस्थाबारे बुझ्न गृहमन्त्रीको भ्रमण

तनावग्रस्त सुनसरी र सिराहाको अवस्थाबारे बुझ्न गृहमन्त्रीको भ्रमण

लगानीबक्स १४ साउन २०८३ ५:१० अपराह्न

काठमाडौं । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा तनाव र हिंसात्मक घटना बढिरहेका बेला गृहमन्त्री सुधन गुरुङ आज साँझ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज जाने भएका छन्। स्रोतका अनुसार उनी विराटनगर विमानस्थल हुँदै कप्तानगञ्ज पुग्नेछन्। गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहतासमेत त्यसतर्फ जाने तयारी छ।
भ्रमणका क्रममा गृहमन्त्रीले गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहताको परिवारसँग भेटघाट गरी समवेदना व्यक्त गर्ने कार्यक्रम छ। कप्तानगञ्जको स्थलगत निरीक्षणपछि उनी सिराहा जाने बताइएको छ।

सुनसरी घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको तथा छानबिन समिति गठन गरिसकेको छ। गृहमन्त्रीको यो भ्रमणलाई शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन र स्थानीय सरोकारवालासँग छलफल गर्ने प्रयासका रूपमा हेरिएको छ।