काठमाडौं । सुनसरी र मधेस क्षेत्रमा दुई समुदायबीच तनाव बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane ले कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलका लागि बोलाएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार साँझ छलफल राखिएको र पछिल्लो सुरक्षा अवस्था तथा सुनसरी घटनाबारे समीक्षा हुने बताइएको छ। यसअघि पनि लामिछानेले सुनसरी घटनाका विषयमा सर्वदलीय बैठक बोलाएर सामाजिक सद्भाव र शान्ति कायम गर्न राजनीतिक दलहरू एकजुट हुनुपर्ने धारणा राखेका थिए।
