शनिबार, २४ असोज २०८३ | १०:३६ AM
सुनसरी घटनाको छानबिन निष्पक्ष हुने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

सुनसरी घटनाको छानबिन निष्पक्ष हुने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

लगानीबक्स १४ साउन २०८३ १०:०५ अपराह्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले गरिने बताएका छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे। उनले सरकारले सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनअनुसार कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए।

“म विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ,” प्रधानमन्त्री शाहले भने, “घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।”

प्रधानमन्त्री शाहले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न पनि आग्रह गरेका छन्। उनले घटनाको वास्तविकता बाहिर ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको जानकारी समेत गराए।