आइतबार, २५ असोज २०८३ | ६:१३ PM
बेपत्ता नेपाली आरोहीको खोजि

बेपत्ता नेपाली आरोहीको खोजि

लगानीबक्स १५ साउन २०८३ ११:५० पूर्वाह्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पाकिस्तानस्थित ब्रो पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोजी र उद्धारमा पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।

आज विभागले एक विज्ञप्ति जारी गर्दै वेपत्ता नेपाली आरोहीहरुको नाम समेत सार्वजनिक गरेको छ । विभागका अनुसार पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पूर्जा बेपत्ता छन् ।