शुक्रबार, ५ भदौ २०८३ | ९:१८ AM
हिमाल जित्दै विश्व चिनाएका निर्मल पुर्जा हिमपहिरोमा अस्ताए

हिमाल जित्दै विश्व चिनाएका निर्मल पुर्जा हिमपहिरोमा अस्ताए

लगानीबक्स १६ साउन २०८३ ५:३६ अपराह्न

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा विश्व कीर्तिमानी आरोही Nirmal Purja (निम्स दाइ) को निधन भएको पुष्टि भएको छ। उनको शनिबार शोक वक्तव्य जारी गर्दै उनको निधन भएको जनाएको छ।

बिहीबार ब्रोड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा पुर्जासहित उनको टोलीका सदस्यहरू परेका थिए। दुर्घटनामा अनुभवी गाइड पुरबहादुर गुरुङ र निमा शेर्पालगायत अन्य सदस्यहरूको पनि ज्यान गएको बताइएको छ।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका कारण विश्वभर चर्चित बनेका थिए। उनले सन् २०२१ मा के–टु हिमालको पहिलो सफल शीतकालीन आरोहण गर्ने सर्वनेपाली टोलीको नेतृत्वसमेत गरेका थिए।

उनको निधनसँगै नेपाली तथा विश्व पर्वतारोहण क्षेत्रले एक प्रेरणादायी, साहसी र ऐतिहासिक व्यक्तित्व गुमाएको छ।