चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक आज दिउँसो करिब २ बजे सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
पहिरो खसेपछि उक्त सडकखण्ड दुवैतर्फबाट अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको पहिरो हटाउन सम्बन्धित निकाय र सुरक्षाकर्मीको सक्रियतामा तत्काल पन्छाउने काम गरिएको थियो।
पहिरो पन्छाएसँगै सडकमा सवारी साधनको आवागमन पुनः सुचारु भएको छ। हाल उक्त सडकखण्डमा यातायात सेवा सामान्य अवस्थामा सञ्चालन भइरहेको सम्बन्धित निकायले जनाएको छ।
