आइतबार, २५ असोज २०८३ | ९:३० PM
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

लगानीबक्स २२ साउन २०८३ ९:०८ पूर्वाह्न

काठमाडौं । मिति २०८३।०४।२२ गते ०१:१५ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका वडा नं.३ स्थित भन्सार कार्यालयमा रहेको स.प्र.बल नेपाल बि.ओ.पि. तातोपानीमा उत्तर पश्रिम तर्फ रहेको २००/३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरी एक आपसमा ठक्कर खादाँ उछिट्टेका ढुगांहरुले मानविय क्षति केहि नभएको निम्नानुसार भौतिक क्षति भएको भन्ने खबर यस गण मातहात बि.ओ.पि. तातोपानीबाट जानकारी प्राप्त भएको छ् ।
निम्न बुदाहरु :
1. पहिलो लाईन ब्यारेकको झ्यालको १ वटा सिसा फुटेको
2. दोस्रो लाईन ब्यारेकको भित्तामा प्वाल परेको ; जस्ताको छानोमा समेत ६ वटा प्वाल परेको ।
3. डिउटी पोष्ट एउटा पूर्ण क्षति र एउटा आंशिक क्षति भएको।
4. सि.अ.को बाथरुमको भित्तामा प्वाल परेको।
5. हिमाली ज्याकेटमा ढुंगाले लागी प्वाल परेको।
6. राष्ट्रिय झण्डा राखेको पोल पुर्ण क्षति।
7. जिन्सी स्टोर भवनमा ३ वटा प्वाल परेको।
8. मेनगेट अगाडीको सिढीमा क्षति भएको।