आइतबार, २५ असोज २०८३ | १०:३१ PM
कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

लगानीबक्स २४ साउन २०८३ २:५४ अपराह्न

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
कृष्णनगर नगरपालिका–८ बहादुरगञ्ज क्षेत्रमा स्थानीयलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचनाका आधारमा खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबरा निवासी २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगर निवासी २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र लु. ६१ प. ७०७२ नम्बरको १२५ सीसी मोटरसाइकल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।