आइतबार, २५ असोज २०८३ | ११:१२ PM
१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

लगानीबक्स २६ साउन २०८३ ८:२७ पूर्वाह्न

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ निवासी अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरीको साथबाट १०५ किलो गाँजा बरामद गरिएको छ। विशेष सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीका क्रममा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।