आइतबार, २५ असोज २०८३ | १:०४ AM
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते,…

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते, १० जना बेपत्ता उद्धार कार्य जारी

लगानीबक्स २८ साउन २०८३ ७:४४ पूर्वाह्न

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय  कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर  छन् ।

कार्यालयले दिएको जानकारी अनुसार यही बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरसहित  गोठ पुरिएका थिए ।  गएराति घटनास्थलमा प्रहरी टोली पुगेको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको  प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ  घर तथा गोठमा क्षति पुगेको छ ।