अछाम, साउन ३० । अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।शनिबार बिहान करिब ११ः३० बजे लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालो सडकमा अचानक अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी अन्दाजी ४८ वर्षीय निर्प बोगटी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अटो तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
