आइतबार, २५ असोज २०८३ | २:४० AM
म हिन्दू हुँ, तर कसैको खिलाफमा छैन : देउवा

म हिन्दू हुँ, तर कसैको खिलाफमा छैन : देउवा

लगानीबक्स ३१ साउन २०८३ २:१२ अपराह्न

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्ममा आस्था राख्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नभएको बताएका छन्।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफ्नो धार्मिक विश्वासलाई लिएर भ्रम नफैलाउन आग्रह गरे। उनले आफू हिन्दू भएको बताउँदै नेपालका सबै धर्म र समुदायप्रति सम्मान रहेको स्पष्ट पारे।

“म हिन्दू हुँ। म कसैको विरोधी होइन। नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन्। म कसैको खिलाफमा छैन,” देउवाले भने, “मैले आफू हिन्दू हो भन्न पाउनुपर्‍यो नि। हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले। यसमा कुनै कन्फ्युजन नहोस्।”

देउवाको यो अभिव्यक्ति कांग्रेसभित्र धर्म र पहिचानसम्बन्धी बहस चलिरहेका बेला आएको हो। उनले आफ्नो धार्मिक आस्थाले अन्य धर्मप्रति असहिष्णुता जनाउँदैन भन्दै सबै धर्मप्रति सम्मान र सहअस्तित्वको पक्षमा रहेको धारणा व्यक्त गरे।