काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आईपीओ निष्कासन गर्नका लागि अनुमति माग्ने कम्पनीमा चार कम्पनी थपिएका छन् । मकरीगाड हाइड्रोपावर , कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पताल लिमिटेडले साउन महिनाभित्रै आवेदन दिएपनि बोर्डले वेवसाइटमार्फत भर्खरै जानकारी दिएको हो । यी चार कम्पनीहरुले अंकित मूल्य १०० रुपैयाँमानै आईपीओ निष्कासन गर्ने गरी अनुमति माग गरेका हुन ।
मकरीगाड हाइड्रोपावर लिमिटेडले २२ लाख २७ हजार ५०० आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इन्द्रेणी मसरुम फार्म लिमिटेडले पनि साउन २२ गते ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। यस कम्पनीको आईपओि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । साउन २२ गतेनै आवेदन दिने अर्को कम्पनी मध्यपुर अस्पताल लिमिटेड रहेको छ । यस कम्पनीले २८ लाख आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले भने २४ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन २९ गते आवेदन दिएको छ । यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
