शुक्रबार, ५ भदौ २०८३ | १२:१९ PM
दुई मोटरसाइकल ठोक्किँदा सर्लाहीमा एकको मृत्यु, एक घाइते

दुई मोटरसाइकल ठोक्किँदा सर्लाहीमा एकको मृत्यु, एक घाइते

लगानीबक्स ५ भदौ २०८३ १०:३४ पूर्वाह्न

सर्लाहीको हरिपुर्वा नगरपालिका–३ स्थित काब्रिस्तान नजिक धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हरिपुर्वा नगरपालिका–३ निवासी ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह निवासी ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पताल, धनुषामा उपचार भइरहेको छ।

दुर्घटनापछि ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ निवासी २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।