आइतबार, ७ भदौ २०८३ | १२:५९ PM
मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

लगानीबक्स ७ भदौ २०८३ ११:५० पूर्वाह्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मुक्तिनाथ दर्शन तथा पारिवारिक भ्रमण सम्पन्न गरी आइतबार काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए। भ्रमणका क्रममा उनले प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पूजा–अर्चना गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानी काठमाडौंतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी तथा पारिवारिक रहेको बताइएको छ। उनी शुक्रबार पोखरा हुँदै स्थलमार्गबाट मुस्ताङ पुगेका थिए। भ्रमणका क्रममा उनले मुक्तिनाथ क्षेत्रको दर्शन गर्नुका साथै मुस्ताङको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।