आइतबार, ७ भदौ २०८३ | १२:५९ PM
माईक्रो बसको ठक्करबाट आमा–छोरीको मृत्यु

माईक्रो बसको ठक्करबाट आमा–छोरीको मृत्यु

लगानीबक्स ७ भदौ २०८३ ११:५५ पूर्वाह्न

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तमा भएको सवारी दुर्घटनामा आमा र छोरीको ज्यान गएको छ।

शौचालय जानका लागि गाडीबाट ओर्लिएकी स्थानीय २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आउँदै गरेको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा आज बिहान करिब ९ः३० बजे आमा–छोरी दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि माइक्रोबस र चालकलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।