काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ३ लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले वृद्धि भई ४ हजार ९७५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। दैनिक रूपमा महासंघले निर्धारण गर्ने मूल्यका आधारमा देशभर सुनचाँदीको कारोबार हुँदै आएको छ।

