काठमाडौं — रसुवागढी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा धर्मराज शाही र तिलक पराजुलीको नर्भिक अस्पतालको आकस्मिक कक्षामा उपचार भइरहेको छ।
अर्थमन्त्रीले अस्पताल पुगेर दुवैको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै, उद्धार गरिएका हाइड्रोपावर कर्मचारी धनबहादुर थापा मगरलाई पनि भेटेर स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्नुभएको छ।
