आइतबार, २५ असोज २०८३ | ३:३८ AM
हवाई भाडादरबारे फैलिएको भ्रमप्रति बुद्ध एयरको ध्यानाकर्षण

हवाई भाडादरबारे फैलिएको भ्रमप्रति बुद्ध एयरको ध्यानाकर्षण

लगानीबक्स ११ भदौ २०८३ ८:३१ अपराह्न

काठमाडौं, भदौ ११ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार र सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

बुद्ध एयरका अनुसार प्रभावित नागरिकको आवागमन सहज बनाउन भैरहवा, भरतपुर र पोखरा गन्तव्यमा साबिककै सहज तथा सुलभ भाडादरमा थप उडान सञ्चालन गरिएको छ। यात्रुको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न गन्तव्यमा अतिरिक्त उडानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

एयरलाइन्सले उद्धार तथा राहत कार्यमा संलग्न सरकारी निकाय तथा सम्बन्धित संस्थासँग समन्वय र सहकार्य गर्दै यात्रुलाई सुरक्षित, सहज र भरपर्दो हवाई सेवा उपलब्ध गराइरहेको जनाएको छ। साथै, उद्धारमा खटिएका टोलीहरूको आवागमन सहज बनाउन आवश्यक हवाई यात्रा व्यवस्थासमेत मिलाइएको बताइएको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको सेवामा समर्पित रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो तर्फबाट सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता बुद्ध एयरले व्यक्त गरेको छ।